Kathmandu Press

लुम्बिनीका मुख्यमन्त्रीले पाए विश्वासको मत

गठबन्धन दललको समर्थनमा मुख्यमन्त्री बनेका चौधरीले ५३ मत प्राप्त गरे । उनको विपक्षमा २९ मत परेको थियो ।
लुम्बिनीका मुख्यमन्त्रीले पाए विश्वासको मत

काठमाडौं, वैशाख १९ : लुम्बिनी प्रदेश्का प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत पाएका छन्। मंगलबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री चौधरीले विश्वासको मत पाएका हुन्।

गठबन्धन दललको समर्थनमा मुख्यमन्त्री बनेका चौधरीले ५३ मत प्राप्त गरे । उनको विपक्षमा २९ मत परेको थियो ।

चौधरीलाई माओवादी केन्द्र, जसपा पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोसपा, जनमत पार्टीलगायत सत्तारुढ गठबन्धनमा रहेका ८ दलका प्रदेशसभा सदस्यले विश्वासको मत दिए।

एमालेका लिला गिरीले विश्वासको मत नपाएपछि कांग्रेसका चौधरी १४ वैशाखमा मुख्यमन्त्री नियुक्त भएका थिए।

चौधरी बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए । चौधरी नेतृत्वको सरकारमा ३ जना बिना विभागीय मन्त्री छन् । माओवादीका धनबहादुर मास्की, जसपाका सन्तोष पाण्डेय, नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी मन्त्री बनेका छन्।

प्रकाशित मिति: १४:२० बजे, मंगलबार, वैशाख १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्