Kathmandu Press

राष्ट्रपति पौडलले उपचार खर्च आफैं व्यहोर्ने

राष्ट्रपतिको स्वकिय सचिवालयले मंगलवार एक प्रेश नोट जारी गर्दै भारतमा गरिएको उपचार खर्च राष्ट्रपति स्वयम्ले व्यहोर्न चाहेको जनाएको छ।
राष्ट्रपति पौडलले उपचार खर्च आफैं व्यहोर्ने

काठमाडौं, वैशाख १९ : राष्ट्रपति रामचन्द्र पौडेलले आफुलाई लागेको उपचार खर्च आफै व्यहोर्ने भएका छन्।

राष्ट्रपतिको स्वकिय सचिवालयले मंगलवार एक प्रेश नोट जारी गर्दै भारतमा गरिएको उपचार खर्च राष्ट्रपति स्वयम्ले व्यहोर्न चाहेको जनाएको छ।

राष्ट्रपति पौडेलको शिक्षण अस्पतालमा उपचार सहज नभएपछि चिकित्सकको सल्लाह वमोजिम भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा लगिएको थियो ।

‘उपचारका क्रममा भएको उपचार खर्च सम्माननिय राष्ट्रपति ज्यू स्वयम्ले बेहोर्न चाहेको कुरा जानकारीका लागि अवगत गराइन्छ,’ राष्ट्रपतिका प्रेश संयोजक खिला कार्कीद्वारा मंगलवार जारी प्रेश नोटमा उल्लेख छ।

प्रकाशित मिति: १३:१५ बजे, मंगलबार, वैशाख १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्