इन्द्रजितका छोराविरुद्ध पनि पक्राउ पुर्जी
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने गिरोहसँग संलग्न भएको पाइएपछि पक्राउ परेका इन्द्रजित राईका छोरा निरजविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ।
काडमाडौं, वैशाख १९ : नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने गिरोहसँग संलग्न भएको पाइएपछि पक्राउ परेका इन्द्रजित राईका छोरा निरजविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ।
प्रहरीका अनुसार निरज फरार छन्।
द्वन्द्व विज्ञका रुपमा परिचित निरजका बुवा इन्द्रजितलाई प्रहरीले मंगलबार बिहान ललितपुरबाट पक्राउ गरेको थियो।
इन्द्रजित तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार थिए। राईले गृहमन्त्री, गृह सचिवलगायतलाई मिलाउनुपर्छ भन्दै गिरोहबाट पटक–पटक गरी ५ करोड रकम लिएको पाइएको छ।
गिरोहमा संलग्न भएको आरोपमा दाङका सन्देश शर्मा, मोरङका केशव दुलाल, सागर राई, ललितपुरका सानु भण्डारी र पाँचथरका कुमार गुरुङ पक्राउ परिसकेका छन्।
प्रकाशित मिति: १२:१४ बजे, मंगलबार, वैशाख १९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1784808429.png)