१८ घण्टापछि पृथ्वी राजमार्ग एकतर्फी खुल्यो
धार्केको गणेशखोलाको पुल भासिएपछि बन्द भएको पृथ्वी राजामार्ग मंगलबार बिहान १० बजेबाट एकतर्फी रुपमा सञ्चालनमा आएको छ।
काठमाडाैं, वैशाख १९ : सोमबार धार्केको गणेशखोलाको पुल भासिएपछि बन्द भएको पृथ्वी राजामार्ग मंगलबार बिहान १० बजेबाट एकतर्फी रुपमा सञ्चालनमा आएको छ।
१८ घण्टादेखि राजमार्ग अवरुद्ध हुँदा कतिपय साना सवारी साधनले वैकल्पिक मार्ग प्रयोग गरिरहेका थिए। ठूला सवारी साधनहरू भने जाममा परेका छन् ।
नागढुंगामुग्लिन सडक योजना पूर्वी खण्डले नेपाली सेनाको सहयोग लिएर सडक मर्मत गरिरहेको छ ।
प्रकाशित मिति: ११:२९ बजे, मंगलबार, वैशाख १९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1784808429.png)