Kathmandu Press

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको अरोपमा इन्द्रजित राई पक्राउ

नक्कली भुटानी शरणार्थी बनाउने गिरोहलाई राईले आर्थिक लाभ लिएर सहयोग गरेको प्रहरीले जनाएको छ।
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको अरोपमा इन्द्रजित राई पक्राउ

काठमाडौं, वैशाख १९ : द्वन्द्व विज्ञका रुपमा परिचित इन्द्रजित राई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न भएको आरोपमा पक्राउ परेका छन्।

उनलाई मंगलबार बिहान ललितपुरबाट पक्राउ गरेको हो । सरकारी वकिलको कार्यालयबाट वारेन्ट जारी भएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो।

सरकारले तेस्रो मुलुक जान छुटेका भुटानी शरणार्थीको प्रमाणीकरणका लागि २०७६ वैशाखमा पूर्वसहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । त्यसको प्रतिवेदनको अनुसूचिमा नाम थपेर अमेरिका पठाइदिने भन्दै यो गिरोहले झापा, मोरङ, सुनसरी, कास्की, बाग्लुङलगायतका जिल्लाका मानिसबाट रकम असुली गरेको पाइएको छ।

इन्द्रजित नेकपा एमालेको उपाध्यक्ष समेत रहेका रामबहादुर थापा गृहमन्त्री हुँदा सुरक्षा सल्लाहकार थिए।

नक्कली भुटानी शरणार्थी बनाउने गिरोहलाई राईले आर्थिक लाभ लिएर सहयोग गरेको प्रहरीले जनाएको छ।

गिरोहमा संलग्न भएको आरोपमा दाङका सन्देश शर्मा, मोरङका केशव दुलाल, सागर राई, ललितपुरका सानु भण्डारी र पाँचथरका कुमार गुरुङ पक्राउ परिसकेका छन्।

 

प्रकाशित मिति: ११:११ बजे, मंगलबार, वैशाख १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्