पृथ्वी राजमार्ग खुल्न अझै केही घन्टा लाग्ने
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार बिहान १० बजेसम्ममा एकतर्फी सवारी चलाउने गरी काम भइरहेको छ।
काठमाडौं, वैशाख १९ : धादिङको गणेशखोलामा रहेको पुलको मुखनिर जमिन भासिएपछि सोमबारदेखि अवरूद्ध पृथ्वी राजमार्ग खुल्न अझै केही घन्टा समय लाग्ने भएको छ। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार बिहान १० बजेसम्ममा एकतर्फी सवारी चलाउने गरी काम भइरहेको छ।
१६ घन्टादेखि राजमार्ग अवरूद्ध हुँदा साना सवारी साधनले वैकल्पिक मार्ग प्रजिल्ला प्रहरी कार्यालय धादिङका अनुसार बिहान १० बजेसम्ममा एकतर्फी सवारी चलाउने गरी काम भइरहेको बताए।योग गरिरहेका छन्। काठमाडौं आउने सवारी साधनले गल्छी-नुवाकोटको बाटो प्रयोग गरिरहेका छन् भने काठमाडौंबाट बाहिर जाने गाडी त्रिभुवन राजपथबाट हेटौंडाको बाटो प्रयोग गरेका छन् ।
फिलिङमात्रै गरेर गाडी चलाउन सम्भव नहुने देखिएपछि ग्याबिन गर्न थालेको र अब काम अन्तिम चरणमा पुगिसकेकोले केही समयमै एकतर्फी बाटो खुलाउने बताए ।
प्रकाशित मिति: ०७:३५ बजे, मंगलबार, वैशाख १९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1784808429.png)