Kathmandu Press

पोर्चुगलको समुद्री किनारबाट एक नेपाली बेपत्ता

बुधबार दिउँसो तोरेस भेद्रासस्थित सान्तारिता समुद्री किनारबाट दमासे एक्कासि बेपत्ता भएको सँगै गएका उनका साथी कुशल सुवेदीले जानकारी दिए।
पोर्चुगलको समुद्री किनारबाट एक नेपाली बेपत्ता

काठमाडाैं, वैशाख १८ : पोर्चुगलको तोरेज भेड्रजस्थित समुद्री किनारबाट एक नेपाली युवा बेपत्ता भएका छन्। समुद्रको  छालमा परी अर्घाखाँची जिल्ला भूमिकास्थान नगरपालिका–६ खिल्जीका २५ वर्षीय भुपाल दमासे बेपत्ता भएका हुन्।

बुधबार दिउँसो तोरेस भेद्रासस्थित सान्तारिता समुद्री किनारबाट दमासे एक्कासि बेपत्ता भएको सँगै गएका उनका साथी कुशल सुवेदीले जानकारी दिए।

'हामी तीनजना समुद्री किनारमा बस्ने भनेर गएका थियौँ। मैले र अर्को एकजना साथीले बस्ने ठाउँ मिलाउँदै थियौँ। एक्कासि एकजना पोर्चुगिज नागरिकले तिमीहरुको साथी समुद्रको छालमा पर्‍यो भन्दै चिच्याए', घटना सुनाउँदै सुवेदीले भने, 'हामीले समुद्रमा हेर्दा भुपाललाई कतै देखेनौँ, किनारमा उसको चप्पल मात्रै देख्यौँ। त्यसपछि उद्धारका लागि तत्काल प्रहरीलाई खबर गर्‍यौँ।'

उनी समुद्रमा बेपत्ता भएको विषयमा उनका परिवारलाई जानकारी गराइएको दमासेका आफन्त पर्बता पन्थले बताए। उनको खोजबिन गर्न र घटनाको सत्यतथ्य पत्ता लगाउन लिस्बनस्थित रहेको अवैतनिक नेपाली महावाणिज्य दूतावास र गैरआवासीय नेपाली सङ्घ पोर्चुगललाई आग्रह गरिएको पन्थले बताउए।

बेपत्ता भएका दमासेको समुद्रमा खोजी भइरहेको र हालसम्म नभेटिएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष रबिन अधिकारीले जानकारी दिनुभयो। दमासे वैदेशिक रोजगारीको सिलसिलामा तीन वर्षअगाडि पोर्चुगल आएका थिए। उनी तोरेस भेद्रासस्थित एक कृषि कम्पनीमा कार्यरत थिए। (रासस)

प्रकाशित मिति: १७:४० बजे, सोमबार, वैशाख १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्