Kathmandu Press

भ्रष्टाचार छानबिन गर्न उच्चस्तरीय आयोग : प्रधानमन्त्री 

सोमबार अखिल नेपाल ट्रेड युनियन महासंघको आठौँ राष्ट्रिय महाधिवेशनको उद्घाटनकाक्रममा प्रधानमन्त्रीले उक्त भनाई राखेका हुन्। छिट्टै आयोग गठन गरिने भनाई उनको थियो।
भ्रष्टाचार छानबिन गर्न उच्चस्तरीय आयोग : प्रधानमन्त्री 

काठमाडौं, वैशाख १८ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भ्रष्टाचारका घटनाहरूको छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने तयारी रहेको भनाई राखेका छन्।

सोमबार अखिल नेपाल ट्रेड युनियन महासंघको आठौँ राष्ट्रिय महाधिवेशनको उद्घाटनकाक्रममा प्रधानमन्त्रीले उक्त भनाई राखेका हुन्। छिट्टै आयोग गठन गरिने भनाई उनको थियो।

प्रधानमन्त्री प्रचण्डले मन्तव्यका  क्रममा भने, ‘हामीले पार्टीको घोषणापत्रमा नै प्रतिवद्धता व्यक्त गरेका छौं। २०४६ सालपछि भएका सबै भ्रष्टाचारको छानबिन गरिनेछ। हामी आयोग बनाउने तयारीमै छौं।’ 

उनले सरकारका ३ प्राथमिकता सामाजिक न्याय, सुशासन र समृद्धि रहेको पनि बताए। सुशासनको लक्ष्य हासिल गर्न आयोग बनाउने सरकारको तयारी रहेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ। उनले भने, ‘सबैभन्दा ठुला भ्रष्टाचारीहरू नै भ्रष्टाचारको छानबिन हुनुपर्‍यो भन्दै तमासा गरेको देख्दा अनौठो लाग्ने गरेको छ।

तिनीहरू जनतालाई भ्रम पार्न यसरी प्रस्तुत भइरहेका छन्। हामी तिनीहरूको भ्रममा पर्न जरूरी छैन। भ्रष्टाचारको छानबिन गरिन्छ र मुलुकमा सुशासनको नयाँ वातावरण बनाइन्छ।’ 
 
प्रकाशित मिति: १७:३५ बजे, सोमबार, वैशाख १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्