Kathmandu Press

पृथ्वी राजमार्गको पुल भासियो, यातायात बन्द 

धुनिबेँसी नगरपालिका र थाक्रे गाउँपालिकाको विचमा पर्ने गणेशखोलामाथिको पुल भासिएको हो। पुल भासिएर सडकमा ठूलो भ्वाङ परेको छ। पुल भासिएसँगै यातायात रोकिएको छ। 
पृथ्वी राजमार्गको पुल भासियो, यातायात बन्द 

काठमाडौं, वैशाख १८ : धादिङको धुनिबेँसीमा सडक भासिँदा पृथ्वी राजमार्ग दुईतर्फी बन्द भएको छ।

धुनिबेँसी नगरपालिका र थाक्रे गाउँपालिकाको विचमा पर्ने गणेशखोलामाथिको पुल भासिएको हो। पुल भासिएर सडकमा ठूलो भ्वाङ परेको छ। पुल भासिएसँगै यातायात रोकिएको छ। 

राजमार्ग बन्द हुँदा काठमाडौं आउने र काठमाडौंबाट पूर्वपश्चिम जाने सवारीसाधनको सडकमा लामो लाइन लागेको छ। दिउँसोदेखि राजमार्ग बन्द गरेर यातायात संचालन गर्न विकल्पको खोजी भइरहेको छ।
 
प्रकाशित मिति: १७:३० बजे, सोमबार, वैशाख १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्