Kathmandu Press

‘अयोग्य लडाकुलाई रकम दिने सर्वोच्चको फैसला कार्यान्वयन गर्न खोज्दा स्यालहुइँया फैलाउन खोजियाे’

प्रधानमन्त्री प्रचण्डले विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धिमाथि प्रहार गर्ने षड्यन्त्र प्रतिगमनको कोणबाट भइरहेको भन्दै उपलव्धीलाई उल्टाउन खोज्ने प्रवृति सह्य नहुने बताए।
‘अयोग्य लडाकुलाई रकम दिने सर्वोच्चको फैसला कार्यान्वयन गर्न खोज्दा स्यालहुइँया फैलाउन खोजियाे’

काठमाडाैं, वैशाख १८ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिभिन्न आन्दोलनबाट प्राप्त उपलब्धिलाई उल्टाउन खोज्ने प्रवृति सह्य नहुने स्पष्ट पारेका छन्।

सोमबार काठमाडौंमा अखिल नेपाल ट्रेड युनियन महासंघको आठौं राष्ट्रिय महाविधेशन उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धिमाथि प्रहार गर्ने षड्यन्त्र प्रतिगमनको कोणबाट भइरहेको भन्दै उपलव्धीलाई उल्टाउन खोज्ने प्रवृति सह्य नहुने बताएका हुन्।

उनले मुलुकमा प्राप्त उपलब्धिमाथि प्रहार गर्नेविरुद्ध धुलो चटाउन जरुरी रहेको भन्दै भन्दै यसका लागि त्याग, तपस्या र संघर्षको नयाँ किर्तिमान कायम गर्न तत्पर हुनुपर्ने धारणा राखे। उनले अयोग्य लडाकुलाई रकम दिने सर्वोच्च अदालतको फैसलालाई कार्यान्वयन गर्न खोज्दा स्यालहुइया फैलाउन खोजिएको बताए।

प्रधानमन्त्री पदलाई निकै चूनौतिपूर्व अवसरका रुपमा लिएको भन्दै उहाले सरकारले गर्न खोजेको सकारात्मक कदमका बिरुद्ध प्रहार भइरहेको बताउए। उहाले भ्रष्ट तत्वहरु भ्रष्टाचारको विरुद्ध बोलेको देख्दा अनौठो लाग्ने गरेको बताए।

४८ साल यताका भ्रष्टाचार छानविन गर्न आयोग बनाउने र भ्रष्टहरुलाई कारबाही गर्ने स्पष्ट पारे। प्रचण्डले सरकारले राम्रो कामहरु गर्न खोज्दा पूर्वबाट सामन्तवादका अवशेषहरु उठेर विरोध जनाउन थालेको बताए।

प्रचण्डले परिवर्तनका बिरुद्ध बोल्नेलाई फागुन १ गते जनयुद्ध दिवस बिदा दिएर जवाफ दिएको भन्दै गर्व गरेर त्यस्ता प्रवृत्तिका विरुद्ध खडा हुनुपर्ने धारणा राखे।

माओवादी अध्यक्ष समेत रहनुभएका प्रचण्डले नेतृत्व अग्रमोर्चामा गएर लडेको लडेकै गर्नुपर्ने र अरु कार्यकर्ताहरु हेरेर बस्नुपर्ने अवस्था देखिएको महसुस भएकाले यो स्थीतिको अन्त्य गर्नका लागि आत्मसमिक्षा गर्न जरुरी रहेको बताए। 

प्रकाशित मिति: १६:४१ बजे, सोमबार, वैशाख १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्