रास्वपामा कार्य विभाजन, स्वर्णिम वाग्लेलाई अर्थनीति विभागकाे जिम्मेवारी
पार्टी कार्यालयमा सोमबार बसेको रास्वपा केन्द्रीय समितिको बैठकले कार्य विभाजन गर्ने क्रममा ३६ विभाग गठन गरेकोमा अर्थनीति विभागको प्रमुखकाे जिम्मेवारी डा. वाग्लेलाई दिएको हो।
काठमाडाैं, वैशाख १८ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले डा. स्वर्णिम वाग्लेलाई अर्थनीति विभागको प्रमुख बनाएको छ।
पार्टी कार्यालयमा सोमबार बसेको रास्वपा केन्द्रीय समितिको बैठकले कार्य विभाजन गर्ने क्रममा ३६ विभाग गठन गरेकोमा अर्थनीति विभागको प्रमुखकाे जिम्मेवारी डा. वाग्लेलाई दिएको हो। कांग्रेसबाट रास्वपामा गई तनहुँ १ बाट उपनिर्वाचन लडेर उनी प्रतिनिधिसभा सदस्य भएका हुन्।
त्यस्तै शिशिर खनालले अन्तर्राष्ट्रिय सम्बन्ध विभाग र पर्यटन तथा संस्कृति विभागको जिम्मेवारी पाएका छन्। डा. मुकुल ढकालले नीति तथा विचार र प्रशिक्षण, डा. तोषिमा कार्की स्वास्थ्य तथा जनसङ्ख्या र युवा तथा खेलकुद, सन्तोष परियार मानव अधिकार, सोविता गौतम कानुन तथा न्याय, हरि ढकाल भ्रष्टाचार निवारण तथा सुशासन प्रवर्धन र दीपक बोहरा जनसम्पर्क विभाग प्रमुख बनेका छन्।
मनीष झा तथ्याङ्क अनुसन्धान तथा अभिलेखीकरण र सार्वजनिक लेखा समीक्षा, सुमना श्रेष्ठ शिक्षा र विज्ञान, सञ्चार तथा सूचना प्रविधि विभागको प्रमुख तोकिएका छन्।











-1784808429.png)