Kathmandu Press

यसअघिकाे मन्त्रालय नपाए सरकार जाँदैनाैं : रास्वपा

पार्टी कार्यालयमा सोमबार बसेको रास्वपा केन्द्रीय समितिको बैठकले साविकका मन्त्रालय नपाए र नीति तथा कार्यक्रम पुनर्लेखन नभए सरकारमा नजाने स्पष्ट पारेको हो।
यसअघिकाे मन्त्रालय नपाए सरकार जाँदैनाैं : रास्वपा

काठमाडाैं, वैशाख १९ : राष्ट्रिय स्वतन्त्र पार्टीले यसअघिकाे मन्त्रालय नपाए सरकार नजाने स्पष्ट पारेको छ।

पार्टी कार्यालयमा सोमबार बसेको रास्वपा केन्द्रीय समितिको बैठकले साविकका मन्त्रालय नपाए र नीति तथा कार्यक्रम पुनर्लेखन नभए सरकारमा नजाने स्पष्ट पारेको हो।

तर प्रधानमन्त्रीले नै पार्टी सभापतिलाई पुरानो मन्त्रालय दिनका लागि र नीति तथा कार्यक्रम पुनर्लेखनका लागि सहमति जनाएको जानकारी पार्टी सभापति रवि लामिछानेले बैठकमा गराएका थिए।

बैठकपछि रास्वपा प्रवक्ता डा. मुकुल ढकालले पार्टीले अव सरकारलाई समर्थन मात्रै गरेर नबस्ने भन्दै सरकारमा जाने वा प्रतिपक्षमा जाने भन्ने निर्णय गर्ने जानकारी दिए। उनले शुक्रबार बस्ने केन्द्रीय समिति र संसदीय समितिको संयुक्त बैठकले यस बिषयमा आवश्यक निर्णय गर्ने बताए।

बैठकले उपनिर्वाचनको समिक्षा गर्दै बाराको निर्वाचन क्षेत्रको परिणामप्रति अध्ययन गर्न समिति गठन गरेको छ। बैठकले संसदीय दलको नेतामा पार्टी सभापति रवि लामिछानेलाई नियुक्त गर्न संसदीय समितिलाई निर्देशन दिएको छ भने बिभिन्न बिभागहरु गठन गरिएको ढकालले बताए।

प्रकाशित मिति: १६:०८ बजे, सोमबार, वैशाख १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्