रास्वपाले रविलाई संसदीय दलको नेता बनाउने
रास्वपा केन्द्रीय समितिको आज (सोमबार) बसेको बैठकले संसदीय दलको नेतामा सभापति लामिछानेलाई चयन गर्ने निर्णय गरेको हो। आजै दिउँसो ३ बजे बस्ने संसदीय दलको बैठकले औपचारिक रुपमा उनलाई दलको नेता चयन गर्नेछ।
काठमाडौं, वैशाख १८ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको नेतामा सभापति रवि लामिछाने चयन भएका छन्।
रास्वपा केन्द्रीय समितिको आज (सोमबार) बसेको बैठकले संसदीय दलको नेतामा सभापति लामिछानेलाई चयन गर्ने निर्णय गरेको हो। आजै दिउँसो ३ बजे बस्ने संसदीय दलको बैठकले औपचारिक रुपमा उनलाई दलको नेता चयन गर्नेछ।
सभापति लासमछाने उपनिर्वाचनबाट पुनः निर्वाचित भएर आएपछि आज पार्टी केन्द्रीय समितिको बैठक पहिलोपटक बसेको हो।
आजै बसेको केन्द्रीय समिति बैठकले सरकारमा सहभागी हुने कि नहुने भन्ने विषयमा आगामी शुक्रबार निर्णय गरेको जनाएको छ।
प्रकाशित मिति: १४:५५ बजे, सोमबार, वैशाख १८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1784808429.png)