मिटरब्याजीपीडितका मागबारे सरकारसँग छलफल गर्छु : डा. भट्टराई
सोमबार काठमाडौंको शान्तिबाटीकामा मिटरब्याजी पीडितसँग कुराकानी गर्दै भट्टराईले उनीहरुले अघि सारेका मागहरु जायज भएकाले यस बिषयमा सरकारसंग छलफल गर्ने बताएका हुन्।
काठमाडाैं, वैशाख १६ : पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले मिटरब्याजी पीडितले अघि सारेका मागका विषयमा सरकारसँग छलफल गर्ने बताएका छन्।
सोमबार काठमाडौंको शान्तिबाटीकामा मिटरब्याजी पीडितसँग कुराकानी गर्दै भट्टराईले उनीहरुले अघि सारेका मागहरु जायज भएकाले यस बिषयमा सरकारसंग छलफल गर्ने बताएका हुन्।
बाध्यतामा परि ऋण लिएका किसानहरुको घरखेत नै बेच्नुपर्ने गरि सुदखोरले असुली गर्ने काम सदाका लागि बन्द हुनुपर्ने उनले बताए।
भट्टराइले मिटरब्याजी सम्बन्धी सरकारले गठन गरेको आयोगको कार्यदेशलाई बलियो बनाउनुपर्ने मिटरब्याजी पीडितको माग जायज भएको धारणा राखे।
जाली तमसुकका कारण मुद्धा खेप्न बाध्य भएकाले अहिलेलाई मुद्दाहरु स्थगीत गराउदै जाली तमसुक आयोगलाई बुझाउने र जाँचबुझ गरेर मात्रै हल गर्ने बिषयमा सरकारसंग कुरा गर्ने उनले बताए।
मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले नेपाल सरकारसमक्ष बिभिन्न ६ बुँदे माग राख्दै आएको छ।
चक्रवृत्ति तथा मिटरब्याजीलाई कारवाही गर्नुपर्ने, जाली तमसुक तथा पीडितको जमिन फिर्ता गर्नुपर्ने लगाएतमा माग राख्दै पीडितहरुले काठमाडौं केन्द्रीत आन्दोलन गरिरहेका छन्।
यसअघि सरकारसँग भएको वार्ता असफल भएपछि मिटरब्याजी पीडित शान्तिबाटीकामा बस्दै आएका छन्।











-1784808429.png)