Kathmandu Press

३४औं अन्तर्राष्ट्रिय श्रमिक दिवसमा नेपालमा पनि विभिन्न कार्यक्रम

३४औं अन्तर्राष्ट्रिय श्रमिक दिवसमा नेपालमा पनि विभिन्न कार्यक्रम

काठमाडाैं, वैशाख १८ : १३४औं अन्तर्राष्ट्रिय श्रमिक दिवस विभिन्न कार्यक्रम गरी नेपालमा पनि मनाइएको छ।

यस वर्ष सरकारले दिवसको नारा ‘सामाजिक सुरक्षा, मर्यादित श्रम; राष्ट्रको अभियान’ तय गरेको छ। दिवसका अवसरमा विभिन्न श्रमिक संघ संगठनले श्रम हकअधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले र्याली सहितको कार्यक्रम गरेका थिए।

नेपालमा विराटनरगमा २००७ सालमा मजदुर आन्दोलनसँगै यो दिवस मनाइन थालिएको हो। विसं २०४६ को राजनीतिक परिवर्तनसँगै यो दिवसमा सार्वजनिक बिदा दिन थालिएको हो। सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर श्रमिक दिवस मनाइन्छ।

सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवं श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको हो । त्यसयता सन् १८९० देखि हरेक वर्ष अङ्ग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन सुरु गरिएको थियो। 

sharmik divas_Moment trhaerthate1682926055.jpg

sharmik divas_Moment gnaten1682926054.jpg

sharmik divas_Moment hgymnsrtyjtar1682926054.jpg

प्रकाशित मिति: १२:५८ बजे, सोमबार, वैशाख १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्