Kathmandu Press

मजदुर वर्गका सामाजिक सुरक्षालगायत हकअधिकार सुनिश्चित गर्नुपर्छ : अध्यक्ष नेपाल

अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा उनले आज एक शुभकामना सन्देश जारी गर्दै मुलुकको विकास र आर्थिक समृद्धिका लागि श्रमिक वर्गको अधिकार तथा हितको सम्वद्र्धन गर्नुपर्ने बताएका हुन्।
मजदुर वर्गका सामाजिक सुरक्षालगायत हकअधिकार सुनिश्चित गर्नुपर्छ : अध्यक्ष नेपाल

काठमाडाैं, वैशाख १८ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले श्रमजीवी मजदुर वर्गका सामाजिक सुरक्षालगायत हक अधिकार सुनिश्चित गर्नुपर्ने बताएका छन्। 

अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा उनले आज एक शुभकामना सन्देश जारी गर्दै मुलुकको विकास र आर्थिक समृद्धिका लागि श्रमिक वर्गको अधिकार तथा हितको सम्वद्र्धन गर्नुपर्ने बताएका हुन्।

स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण श्रमजीवीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरिएको सन्देशमा मे १ तारिख मजदुर वर्गले लामो संघर्षपछि आफ्नो अधिकार प्राप्त गरेको एक ऐतिहासिक दिनलाई अन्तर्राष्ट्रिय श्रमिक दिवसका रुपमा मनाइँदै आएको उल्लेख गरिएको छ।

देशमा भएका सबै राजनीतिक परिवर्तनका आन्दोलनमा श्रमिक वर्गको उल्लेखनीय सहभागिता तथा योगदान रहेको उल्लेख गर्दै सन्देशमा उनीहरूको आर्थिक तथा सामाजिक रुपान्तरणका लागि आफ्नो पार्टी सदैव क्रियाशील रहेको जनाइएको छ।

सन्देशमा समाजमा विद्यमान शोषण, अन्यायका साथै गरिबीको अन्त्य गर्न श्रमिक वर्गको सहभागितामा कम्युनिष्ट पार्टीको स्थापना गरिएको जनाउँदै समाजवादी अर्थव्यवस्थामा मजदुर वर्गको सामाजिक सुरक्षा र सबै अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिइएको छ। 

प्रकाशित मिति: १२:५१ बजे, सोमबार, वैशाख १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्