Kathmandu Press

‘मजदुर दिवसले स्वतन्त्रताका पक्षमा आवाज बुलन्द गर्न प्रेरित गरोस्’

प्रदेश प्रमुख शर्माले आज मनाइँदै गरिएको १३४औँ अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा एक शुभकामना सन्देश जारी गर्दै सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ भन्ने नारासहित सुरु भएको मजदुर आन्दोलनका साथै विभिन्न श्रमिक सङ्घर्षमार्फत मजदुरले अधिकार पाएको दिनका रुपमा आजलाई लिइने गरिएको बताएका छन्।
‘मजदुर दिवसले स्वतन्त्रताका पक्षमा आवाज बुलन्द गर्न प्रेरित गरोस्’

काठमाडाैं, वैशाख १८ : बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज मनाइँदै गरिएको अन्तराष्ट्रिय मजदुर दिवसले संसारभरका सम्पूर्ण श्रमजीवीलाई एउटै सूत्रमा बाँधी आफ्नो हक, अधिकार र स्वतन्त्रताका पक्षमा आवाज बुलन्द गर्न प्रेरित गरोस् भन्ने शुभकामना व्यक्त गरेका छन्।

प्रदेश प्रमुख शर्माले आज मनाइँदै गरिएको १३४औँ अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा एक शुभकामना सन्देश जारी गर्दै सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ भन्ने नारासहित सुरु भएको मजदुर आन्दोलनका साथै विभिन्न श्रमिक सङ्घर्षमार्फत मजदुरले अधिकार पाएको दिनका रुपमा आजलाई लिइने गरिएको बताएका छन्।

नेपालको विराटनगरमा २००७ सालमा मजदुर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको सन्दर्भ उल्लेख गर्दै प्रमुख शर्माले आफ्नो अधिकारका लागि लड्ने मजदुरको विशेष दिनलाई स्मरण गरिरहँदा उनीहरुले देश निर्माणका लागि पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन हुनुपर्ने बताएका छन्।

'हाम्रो देश नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीमा लैजानका लागि श्रमिकको अमूल्य योगदान रहेको छ', शुभकामना सन्देशमा भनिएको छ, 'नेपालको संविधानले सम्पूर्ण नागरिकका लागि रोजगारीको हक सुनिश्चित गर्दै प्रत्येक श्रमिकका लागि उचित श्रम अभ्यासको अधिकारका साथै उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकलाई समेत सुनिश्चितता प्रदान गरेको छ।'

प्रमुख शर्माले शुभकामना सन्देशमा श्रमिकका अधिकारका सवालमा सबै पक्ष जिम्मेवार बन्नुुपर्नेमा जोड दिनुभएको छ। सन्देशमा भनिएको छ, 'आज यो दिवस मनाइरहँदा श्रमिकका लागि अनुकूल श्रम वातावरण, उचित पारिश्रमिक, क्षमताबमोजिम रोजगारीको ग्यारेन्टी, सामाजिक सुरक्षालगायतका अधिकार प्राप्त गरी अघि बढ्न सम्बन्धित सबै पक्ष जिम्मेवार बन्नुपर्दछ।' 

प्रकाशित मिति: १२:२५ बजे, सोमबार, वैशाख १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्