Kathmandu Press

‘राजनीतिक, सामाजिक परिवर्तनमा श्रमिकको ऐतिहासिक भूमिका’

आज १३४औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना दिँदै हाल प्राप्त उपलब्धीमा श्रमिक वर्गले आफ्नो जीवन र रोजगारीको प्रवाह नगरी महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए। 
‘राजनीतिक, सामाजिक परिवर्तनमा श्रमिकको ऐतिहासिक भूमिका’

विराटनगर, वैशाख  १८ : कोसीप्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपालको राजनीतिक, सामाजिक परिवर्तनमा श्रमिकको एतिहासिक भूमिका रहेको बताएका छन्। 

आज १३४औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना दिँदै हाल प्राप्त उपलब्धीमा श्रमिक वर्गले आफ्नो जीवन र रोजगारीको प्रवाह नगरी महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए। 

'विसं २००७ मा कोशी प्रदेशको औद्योगिक नगरी विराटनगरबाट नै श्रमिकले प्रजातन्त्रको विगुल फुकेका थिए। नेपाली समाजको युगान्तकारी परिवर्तनका लागि श्रमजीवी वर्गले पुर्‍याएको योगदानप्रति आजको विशेष दिनमा म उच्च सम्मान प्रकट गर्दछु', उनले भने। 

श्रमसम्बन्धी हकलाई मौलिक हकका रुपमा उल्लेख गरिएको भन्दै उनले त्यसलाई कार्यान्वयनका लागि श्रमजीवी वर्गको अधिकार कार्यान्वयन गर्न श्रम ऐन, २०७४ र सामाजिक सुरक्षा ऐन, २०७५  लगायतका विभित्र ऐन कानुनको निर्माण भएको बताए।

सरकारी तहबाट निर्माण भएका ती ऐन कानुनको पूर्ण कार्यान्वयनका लागि आवश्यक भूमिका निर्वाह गर्न कोशी प्रदेश सरकार पूर्णरुपमा प्रतिबद्ध रहेको उनको भनाइ छ।

प्रकाशित मिति: ११:४१ बजे, सोमबार, वैशाख १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्