‘रास्वपासँग कुराकानी भइरहेको छ, सरकारमा आउने विश्वास छ’
रास्वपाले पहिलाका मन्त्रालय माग्नु अस्वभाविक नभएको जनाउँदै उनले यसैमा उनीहरु अडिन्छन भन्ने आफूलाई नलागेको बताए।
काठमाडाैं, वैशाख १८ : प्रधानमन्त्री पुष्ककमल दहालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आफ्नो नेतृत्वमा रहेको सरकारमा आउने विश्वास व्यक्त गरेका छन्।
प्रेस सेन्टर नेपाल चितवनले आज यहाँ आयोजना गरेको पत्रकारसँग प्रधानमन्त्री कार्यक्रममा उनले रास्वपा सरकारमा सहभागी हुने विषयमा कुराकानी चलिरहेको बताए।
‘रास्वपाले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिँदैन। सो पार्टी पनि सरकारमा आउने कुरा चलिरहेको छ,’ प्रधानमन्त्री दाहालले भने। रास्वपाले पहिलाका मन्त्रालय माग्नु अस्वभाविक नभएको जनाउँदै उनले यसैमा उनीहरु अडिन्छन भन्ने आफूलाई नलागेको बताए।
सत्तासाझेदार दलका बीचमा सरसल्लाह गरेर सहमतिमा जाने प्रधानमन्त्री दाहालले बताए। रास्वपालाई अहिलेनै मन्त्रालय छाड्ने विषयमा आफूहरु नपुगेको उनले स्पष्ट पारे। प्रधानमन्त्री दाहालले भने, ‘रास्वपका अध्यक्ष रवि जीले पनि हामीलाई यही नै चाहिन्छ भन्नुभएको छैन। छलफलकै क्रममा भएकाले केही छैन ।’
यस्तै, प्रधानमन्त्री दहालले एमाले अध्यक्ष केपी ओलीको आक्रमणमा सत्तारुढ दल लागेको भन्ने कुरा असत्य भएको बताए। उनले तत्कालीन राजा र तीनका समर्थक भन्ने छ त्यो गम्भीर विषय हो भएको बताए।











-1784808429.png)