Kathmandu Press

रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै

पार्टीका उपसभापति डोलप्रसाद अर्यालका अनुसार पार्टी कार्यालय वसुन्धरामा बिहान ११ बजे केन्द्रीय समितिको बैठक र दिउँसो ३ बजे संसदीय दलको बैठक बस्नेछ।
रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै
फाइल तस्बिर ।

काठमाडौं, वैशाख १८ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको बैठक आज बस्दैछ। सरकारलाई दिएको समर्थन, समसामयिक राजनीति र संसदीय दलको नेता चयनका विषयमा ती बैठकमा छलफल हुने जनाइएको छ।   

पार्टीका उपसभापति डोलप्रसाद अर्यालका अनुसार आज पार्टी कार्यालय वसुन्धरामा बिहान ११ बजे केन्द्रीय समितिको बैठक र दिउँसो ३ बजे संसदीय दलको बैठक बस्नेछ।

उनका अनुसार केन्द्रीय समितिको बैठकमा सरकारलाई समर्थनको विषयका साथै समसामयिक राजनीतिबारे छलफल हुनेछ भने संसदीय दलको बैठकमा दलको नेता चयनको विषयमा केन्द्रित हुनेछ।

प्रकाशित मिति: ११:०१ बजे, सोमबार, वैशाख १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्