Kathmandu Press

प्रधानमन्त्रीले दहालले भने– सरकार पाँच वर्ष चल्छ, यताउता हुन्न

प्रधानमन्त्री दहालले सरकार पाँच वर्ष चल्ने बताउँदै यताउता हुन्छ भन्नु भ्रम मात्र भएको बताए।
प्रधानमन्त्रीले दहालले भने– सरकार पाँच वर्ष चल्छ, यताउता हुन्न

काठमाडौं, वैशाख १८ : प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान गठबन्धन सरकार ५ वर्ष चल्ने बताएका छन्। प्रेस सेन्टर नेपाल चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री दहालले सरकार पाँच वर्ष चल्ने बताउँदै यताउता हुन्छ भन्नु भ्रम मात्र भएको बताए।

‘सरकार पाँच वर्ष चल्छ । यताउता हुन्छ की भन्ने भ्रम हो,’ प्रधानमन्त्री दहालले भने। उनले महाविर पुन आफूसँगको सल्लाहामै माइतीघरमा धर्नामा बसेको बताए। धर्नामा बस्नुअघि आफूसँग बालुवाटारमा भेटेको जनाउँदै उनले पुनले उठाएका मागप्रति सरकार सकारात्मक रहेको बताए।

प्रधानमन्त्री दाहालले भने– ‘भेटमा मैले बजेटमा तपाईको माग सम्बोधन गर्न पूरै प्रयास हुन्छ भने हिँड्ने समयमा उहाँले माइतीघरमण्डलामा बस्छु है कस्तो हुँदो रहेछ भन्नुभयो, हाँसीहाँसी।

बस्नोस् त भन्न मिल्दैन बस्नुभयो भने मलाई बजेट बनाउन सजिलै हुन्छ भनेर आफूले भनेको उनले जानकारी दिए। पुनले विकास बजेटको एक प्रतिशत बजेट छुट्याउन अनुरोध गरेको पनि उनले बताए।

यस्तै प्रधानमन्त्री दहालले पूर्वलडाकुलाई रकम दिने विषय वि.सं २०७१ को सरकारले गरेको निर्णय भएको बताए। तत्कालीन समयमा अर्थमन्त्री विष्णु पौडेल रहेको र कांग्रेस एवं एमाले सरकार रहँदा छलफल भएर टुङ्गिएको विषय भएको प्रधानमन्त्री दाहालले जानकारी दिए।

तत्कालीन समयमा सर्वोच्च अदालतमा मुद्दा परेका कारण रोकिएको र अहिले दिन मिल्ने गरी फैसला भएकाले रकम दिन लागिएको बताए। आर्थिक समस्याका कारण किस्ताबन्दीमा लडाकुलाई रकम दिने विषयमा छलफल भइरहेको प्रधानमन्त्री दाहालले बताए।

प्रकाशित मिति: १०:४१ बजे, सोमबार, वैशाख १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्