Kathmandu Press

तत्काल प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन बारको माग

बारले प्रधानन्यायाधीशको नियुक्ति अविलम्ब गर्नुपर्ने, सर्वोच्च अदालतलगायत सबै तहका अदालतमा रिक्त रहेका न्यायाधीश यथाशीघ्र नियुक्ति गर्नुपर्ने र पूर्ण स्वचालित पेशी व्यवस्थापन प्रणाली लागू गर्नुपर्ने माग गरेको छ।
तत्काल प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन बारको माग

काठमाडौं, वैशाख १८ : नेपाल बार एशोसियशनले प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया तत्कालअघि बढाउनुपर्ने लगायतका माग राख्दै दबाबमूलक कार्यक्रम प्रारम्भ गरेको छ।

बारले प्रधानन्यायाधीशको नियुक्ति अविलम्ब गर्नुपर्ने, सर्वोच्च अदालतलगायत सबै तहका अदालतमा रिक्त रहेका न्यायाधीश यथाशीघ्र नियुक्ति गर्नुपर्ने र पूर्ण स्वचालित पेशी व्यवस्थापन प्रणाली लागू गर्नुपर्ने माग गरेको छ।

न्यायालयभित्रको भ्रष्टाचार, विकृति, विसङ्गति अन्त्य गर्नुपर्ने, संसदीय सुनुवाइ समिति गठन गर्नुपर्ने, संवैधानिक परिषद्को बैठक अविलम्ब बोलाउनुपर्ने र संवैधानिक दायित्व पूरा गर्न माग गर्दै दबाबमूलक कार्यक्रममा उत्रिएको हो।

बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले प्रधानन्यायाधीश नियुक्तिलगायतका विभिन्न माग राखेर बारले दबाबमूलक कार्यक्रमकको घोषणा गरेको र उक्त माग पूरा नभएसम्म बार चुप लागेर नबस्ने बताए।

राष्ट्रियसभामा पेस गरिएको मर्यादासम्बन्धी विधेयकप्रति बारको असहमति भएको र विधेयकमा प्रधानन्यायाधीशको मर्यादाक्रम चौथो स्थानबाट घटुवा गरी पाँचौं स्थानमा राखिनु गलत भएकाले तत्काल सच्याउन सरकारसँग उनले माग गरे।

सरकारलाई दबाब दिनका आजदेखि बारले एक सातासम्म  प्ले कार्ड  लिएर प्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ।

प्रकाशित मिति: ०६:५८ बजे, सोमबार, वैशाख १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्