Kathmandu Press

गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान

प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मन्त्रिपरिषद्को सिफारिसमा वैशाख २१ गते बिहीबार दिउँसो २ बजेका लागि अधिवेशन आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।
गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान

कास्की, वैशाख १७ : गण्डकी प्रदेशसभाको अधिवेशन बिहीबारका लागि आह्वान गरिएको छ ।

प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मन्त्रिपरिषद्को सिफारिसमा वैशाख २१ गते बिहीबार दिउँसो २ बजेका लागि अधिवेशन आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

प्रदेश प्रमुख गुरुङले गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेशसभाको अधिवेशन वैशाख २१ गते दिनको २ बजेदेखिका लागि बैठक बोलाएका छन्।

उक्त दिन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत लिने कार्यक्रम छ। प्रदेश प्रमुख गुरुङले पाण्डेलाई यही वैशाख १४ गते मुख्यमन्त्री नियुक्त गरेका थिए।

पाण्डेले नेपाली कांग्रेसका २७, नेकपा माओवादी केन्द्रका सात र स्वतन्त्र एक जना गरी ३५ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए।

 

प्रकाशित मिति: २१:०१ बजे, आइतबार, वैशाख १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्