Kathmandu Press

प्रधानमन्त्रीको आश्वासनपछि लघुवित्त पीडितको आमरण अनसन स्थगित

प्रधानमन्त्री दाहालसँगको छलफलपछि आफूहरुले अनसन स्थगित गरेको लघुवित्तविरुद्धको संघर्ष समितिका संरक्षक अगस्त अधिकारीले बताए ।
प्रधानमन्त्रीको आश्वासनपछि लघुवित्त पीडितको आमरण अनसन स्थगित

काठमाडौं, वैशाख १७ : लघुवित्त पीडितहरुले गर्ने भनेको आमरण अनसन स्थागित भएको छन्। आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेपछि लघुवित्त पीडितहरुले आमरण अनसन स्थगित गरेका हुन्।

प्रधानमन्त्री दाहालसँगको छलफलपछि आफूहरुले अनसन स्थगित गरेको लघुवित्तविरुद्धको संघर्ष समितिका संरक्षक अगस्त अधिकारीले बताए । पीडितहरुले आफूहरुको माग पुरा नभए। आइतबार बेलुका ६ बजेदेखि वसन्तपुरमा आमरण अनसन बस्ने चेतावनी दिएका थिए।

प्रधानमन्त्री दाहालले राष्ट्र बैंकले लघुवित्त पीडितका माग सम्बोधन गर्ने र छलफलका लागि प्रतिनिधि तोक्ने विश्वास दिलाएपछि अनसन स्थगित भएको अधिकारीले बताए । लघुवित्तविरुद्धको संघर्ष समितिका अध्यक्ष पुनाराम ज्ञवाली र ६ वटा किसान संगठन सञ्जालका सदस्यबीच आज छलफल भएको थियो।

आज बिहान संघर्ष समितिका पदाधिकारीले प्रधानमन्त्री दाहाललाई बालुवाटारमा भेटेका थिए । भेटमा प्रधानमन्त्रीले आगामी नीति तथा कार्यक्रममार्फत लघुवित्तसम्बन्धी समस्या नीतिगत रुपमै हल गर्ने र संघर्ष समितिका मागहरुको अध्ययन गरी छलफल अगाडि बढाउने बारे आजै सरकारी प्रतिनिधि तोक्ने बताएका थिए।

प्रधानमन्त्रीसँगको छलफलपछि आफूहरुको संघर्षको कार्यक्रम तत्कालका लागि स्थगित भएको ज्ञवालीले जानकारी दिए।

प्रकाशित मिति: १९:५७ बजे, आइतबार, वैशाख १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्