सडकका तार अन्धाधुन्ध नकाट्न स्थानीयन निकायलाई सामान्य प्रशासन मन्त्रालयको परिपत्र
स्थानीय तहहरुले तारहरु काट्न थालेपछि मन्त्रालयले दूरसञ्चारका सेवा प्रदायक कम्पनीले जडान गरेका केवल नेटवर्कका तारहरु अन्धाधुन्ध नकाट्न आइतबार परिपत्र गरेको हो।
काठमाडौं, वैशाख १७ : सडकमा झुन्डिएका तार अन्धाधुन्ध नकाट्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका स्थानीय तहलाई परिपत्र गरेको छ।
स्थानीय तहहरुले तारहरु काट्न थालेपछि मन्त्रालयले दूरसञ्चारका सेवा प्रदायक कम्पनीले जडान गरेका केवल नेटवर्कका तारहरु अन्धाधुन्ध नकाट्न आइतबार परिपत्र गरेको हो।
स्थानीय तहहरुले शहरी सौन्दर्यका लागि भनेर केवल नेटवर्क एवम् इन्टरनेट तार अन्धाधुन्ध काट्न थालेको भन्दै नेपाल टेलिकमले समन्वय गरिदिन सूचना तथा सञ्चार प्रविधि मन्त्रालयलमार्फत पत्राचार गरी सहयोग मागेको थियो।
टेलिकमको सोही पत्र अनुसार सञ्चार मन्त्रालयले संघीय मामिला मन्त्रालयलाई स्थानीय तहसँग समन्वय गरी समस्या समाधान गर्न भनेको थियो ।
परिपत्रमा भनिएको छ, ‘काठमाडौं महानगरलगायत विभिन्न स्थानीय तहहरुले शहरी सौन्दर्यता कायम गराउने भनी दूरससञ्चार सेवा सञ्चालनको लागि यस कम्पनीले विस्तार गरेको केवल नेटवर्कहरु अन्धाधुन्धरुपमा काटिदिने क्रम बढिरहेको र यसबाट कम्पनीले उपलब्ध गराएका टेलिफोन इन्टरनेट एवं टेलिभिजन सेवाहरु अवरुद्ध भई सेवाग्राहीहरु सेवाबाट बञ्चित हुनु परेको अवस्था छ ।’
स्थानीय तहले काटेको केवल नेटवर्क पुनर्स्थापना गर्न ठूलो परिमाणमा केवलहरु विदेशबाट आयात गर्नुपर्ने भएकाले सेवा नियमित गर्न बढी समय र खर्च लाग्ने पत्रमा भनिएको छ।











-1784808429.png)