Kathmandu Press

संसद सचिवमा सुरेन्द्र अर्याल र पदम पाण्डेको नाम सिफारिस

स्रोतका अनुसार प्रतिनिधिसभाको सचिवमा पाण्डे र राष्ट्रियसभाको सचिवमा अर्यालको नाम सिफारिस गरिएको हो।
संसद सचिवमा सुरेन्द्र अर्याल र पदम पाण्डेको नाम सिफारिस

काठमाडौं, वैशाख १७ : संघीय संसदको सचिव पदमा डा. सुरेन्द्र अर्याल र पदमप्रसाद पाण्डेको नाम सिफारिस भएको छ।

स्रोतका अनुसार प्रतिनिधिसभाको सचिवमा पाण्डे र राष्ट्रियसभाको सचिवमा अर्यालको नाम सिफारिस गरिएको हो।

अर्याल संसद सचिवालयकै सहसचिव हुन् भने पाण्डे महान्यायाधिवक्ताको कार्यालयमा कार्यरत नायब महान्यायधिवक्ता हुन्।

सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले कार्यवाहक राष्ट्रपति रामसहाय यादवलाई भेटेर सचिवको नाम बुझाएका हुन्।

संविधानमा राष्ट्रपतिले सभामुखको सिफारिसमा प्रतिनिधिसभाको सचिव र राष्ट्रियसभा अध्यक्षको सिफारिसमा राष्ट्रियसभाको सचिव नियुक्त गर्ने व्यवस्था छ। 

संसद सचिवालय सचिवको कार्यकाल पाँच वर्षको हुनेछ।

प्रकाशित मिति: १८:३५ बजे, आइतबार, वैशाख १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्