गण्डकीका मुख्यमन्त्री पाण्डेले वैशाख २१ गते विश्वासको मत लिने
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले २१ वैशाखमा प्रदेशसभा अधिवेशन बोलाउन प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष सिफारिस गरेको थियो । उक्त सिफारिसअनुसार नै प्रदेश प्रमुख गुरुङले प्रदेशसभाको अधिवेशन आह्वान गरेकाे बताइएकाे छ।
पाेखरा, वैशाख १७ : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यही वैशाख २१ गते विश्वासको मत लिने भएका छन्। त्यसका लागि उक्त दिन दिउँसो २ बजे विश्वासको मत लिने प्रदेशसभा बैठक बस्ने बताइएकाे छ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले २१ वैशाखमा प्रदेशसभा अधिवेशन बोलाउन प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष सिफारिस गरेको थियो । उक्त सिफारिसअनुसार नै प्रदेश प्रमुख गुरुङले प्रदेशसभाको अधिवेशन आह्वान गरेकाे बताइएकाे छ।
नेपाली कांग्रेस संसदीय दलका नेता पाण्डे वैशाख १४ गते मुख्यमन्त्री नियुक्त भएका हुन्। त्यसकाे भाेलिपल्ट उनले वैशाख १५ गते ग्रहण गर्नुका साथै २ जना मन्त्री नियुक्त गरे।
पाण्डे कांग्रेसका २७, नेकपा माओवादीका ७ र नेकपा एसका राजीव गुरुङ ‘दीपक मनाङे’ले समर्थनमा मुख्यमन्त्रीबनेका हुन्।
प्रकाशित मिति: १७:२९ बजे, आइतबार, वैशाख १७, २०८०
थप समाचार





