Kathmandu Press

सुन लुट्ने उद्देश्यले निराकाे हत्या

भाँडा किन्ने बाहनामा पसर छिरेका विकले पछाडिबाट छुरा प्रहार गरेको उनले बताए। सिक्री लुटेर विकले बालाजुको एउटा सुन पसलमा ५५ हजार रुपैयाँमा बिक्री गरेको पाइएको प्रहरीले जनाएको छ। 
सुन लुट्ने उद्देश्यले निराकाे हत्या

काठमाडौं, वैशाख १७ : प्रहरीले काठमाडाैंकाे चावहिल सरस्वतीनगरकी भाँडा पसल सञ्चालिका निरा पाण्डे आचार्यको हत्या लुटपाटकै उद्देश्यले भएको बताएको छ। 

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले आज (आइतबार) पत्रकार सम्मेलन गरेर निराले लगाएको सुन लुट्ने उद्देश्यले हत्या भएको देखिएको एसएसपी दिनेश आचार्यले जानकारी दिए।

हत्यामा संलग्न रहेको आरोपमा झापाबाट शनिबार पक्राउ परेका विनोद विकलाई आज सार्वजनिक क्रममा त्यस्ताे बताइउकाे हाे। हत्याअघि विक सुरुमा निराको पसल हेरेर फर्किएको र दोस्रो पटक गई उनको हत्या गरेको देखिएको उनको भनाइ छ।

भाँडा किन्ने बाहनामा पसर छिरेका विकले पछाडिबाट छुरा प्रहार गरेको उनले बताए। सिक्री लुटेर विकले बालाजुको एउटा सुन पसलमा ५५ हजार रुपैयाँमा बिक्री गरेको पाइएको उनले बताए। 

घटनाको दिन उनी लोकन्थलीबाट बिहान ७ बजे बस चढेर केएल टावर पुगेको र त्यहाँबाट निरा आचार्यको पसलमा पुगेको एसएसपी आचार्यले बताए। प्रहरीको अनुसन्धानका क्रममा विनोद विकले लगाएको कपडा, झोलालगायत सामग्री बरामद भएको उनले जानकारी दिए।

वैशाख ७ मा निराको हत्यापछि विकले निराले लगाएको सिक्री लुट्नुका साथै काउन्टरमा भएको ११–१२ हजार रुपैयाँ लुटपाट गरेको  ‘प्रारम्भिक अनुसन्धानमा सिक्री लुटपाट गर्ने उद्देश्यले नै हत्या भएको देखिन्छ,’ उनले भने ‘थप कुरा अनुसन्धानबाट खुल्न सक्छ। निराको परिवारसँग यसअघि विकको सम्पर्क भएको नपाइएको प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार झापा धुलाबारीका विक उतै  बाउन्सरको काम गर्थे। एक साताअघि काठमाडौं आएर उनी भक्तपुरस्थित लोकन्थलीमा साथीको घरमा बसेका थिए। उक्त घटनाको अनुसन्धान गर्न ब्युरोका प्रमुख एआईजी किरण बज्राचार्यको नेतृत्वमा ८ सदस्यीय उच्चस्तरीय छानबिन समिति गठन गरेको थियो ।

प्रकाशित मिति: १६:१७ बजे, आइतबार, वैशाख १७, २०८०