Kathmandu Press

चार्ल्स तृतीयको राज्याभिषेकमा परराष्ट्रमन्त्री साउद जाने 

मन्त्री साउद वैशाख २१ मा बेलायत प्रश्थान गर्नेछन्। कार्यक्रममा सहभागिता जनाएर उनी २६ गते स्वदेश फर्किने कार्यक्रम तय भएको छ। 
चार्ल्स तृतीयको राज्याभिषेकमा परराष्ट्रमन्त्री साउद जाने 

काठमाडौं, वैशाख १७ : परराष्ट्र मन्त्री एनपी साउद बेलायतका राजा चाल्र्स तृतीयको राज्याभिषेकमा सहभागी हुने भएका छन्।

वैशाख २३ गते (मे ६ तारिख) मा बेलायती राजाको राज्याभिषेक कार्यक्रममा रहेको छ। राष्ट्रपति रामचन्द्र पौडेल उक्त कार्यक्रममा सहभागी हुने तय भए पनि स्वास्थ्य अवस्थाका कारण उपस्थित हुन नसक्ने भएपछि नेपालको तर्फबाट परराष्ट्रमन्त्री साउद उक्त कार्यक्रममा जान लागेका हुन्।

मन्त्री साउद वैशाख २१ मा बेलायत प्रश्थान गर्नेछन्। कार्यक्रममा सहभागिता जनाएर उनी २६ गते स्वदेश फर्किने कार्यक्रम तय भएको छ। 
 

प्रकाशित मिति: १५:५८ बजे, आइतबार, वैशाख १७, २०८०