Kathmandu Press

राष्ट्रपतिलाई केही हप्ता आराम गर्न चिकित्सकको सुझाव 

उपचारका लागि गत वैशाख ६ गते राष्ट्रपति पौडेल भारत गएका थिए।
राष्ट्रपतिलाई केही हप्ता आराम गर्न चिकित्सकको सुझाव 

काठमाडौं, वैशाख १७ : उपचारका लागि भारत गएका राष्ट्रपति रामचन्द्र पौडेल आज राति स्वदेश फर्कने भएका छन्। नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा उपचार गराएर राष्ट्रपति स्वदेश फर्कन लागेका हुन ।

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थामा सुधार भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। कार्यालयका अनुसार अझै केही हप्ता आराम गर्न चिकित्सकले सुझाव दिएका छन्। उपचारका लागि गत वैशाख ६ गते राष्ट्रपति पौडेल भारत गएका थिए।  

‘उहाँको विभिन्न परीक्षण र उपचारपश्चात् हाल स्वास्थ्यमा उल्लेखनीय सुधार भएको हुँदा उहाँ अस्पतालबाट डिस्चार्ज भई आजै (आइतबार) रातिको नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्कने कार्यक्रम रहेको छ,’ राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘उपचारमा संलग्न चिकित्सकहरूले उहाँलाई अझ केही हप्ता आराम गर्ने सुझाव दिनुभएको छ।’ 
 

प्रकाशित मिति: १५:३२ बजे, आइतबार, वैशाख १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्