Kathmandu Press

वीर अस्पतालको पुरानो भवनको छत भत्किँदा चार जना घाइते

मक्किएर पुरानो भइसकेको छत भत्किँदा इँटालगायत वस्तु खस्दा लागेर उनीहरू घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए।
वीर अस्पतालको पुरानो भवनको छत भत्किँदा चार जना घाइते

काठमाडौं, वैशाख १७ : वीर अस्पतालको पुरानो भवनको छत भत्किँदा चार जना घाइते भएका छन्।

मक्किएर पुरानो भइसकेको छत भत्किँदा इँटालगायत वस्तु खस्दा लागेर उनीहरू घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएकाे छ।

अस्पतालले पनि पर्खालबाट केही इँट खसेर तल कोरिडोरमा हिँड्नेलाई लागेको जनाएको छ। 

चारैजनाको सोही अस्पतालमा उपचार भइरहेको उनको भनाइ छ। सबै घाइते खतरामुक्त रहेको जनाइएको छ।

प्रकाशित मिति: १५:१७ बजे, आइतबार, वैशाख १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्