रक्षामन्त्रीले महावीरसँग गरे छलफल, साँझ ५ बजे औपचारिक वार्ता
शुक्रबारदेखि माइतीघर मण्डलामा धर्नामा बसेका महावीर पुनलाई आज (आइतबार) काननुमन्त्रीको सममेत रहेका उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले रक्षा मन्त्रालयमै बोलाएर गरेको छलफलले औपचारिक वार्ताको टुंगो लगाएको हो।
काठमाडौं, वैशाख १७ : सरकारले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनसँग साँझ ५ बजे औपचारिक रुपमै वार्ता गर्ने भएको छ।
शुक्रबारदेखि माइतीघर मण्डलामा धर्नामा बसेका महावीर पुनलाई आज (आइतबार) काननुमन्त्रीको सममेत रहेका उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले रक्षा मन्त्रालयमै बोलाएर गरेको छलफलले औपचारिक वार्ताको टुंगो लगाएको हो।
छलफल निकै सकारात्मक भएको पुनले बताएका छन्। साँझ ५ बजेसम्म दुवै पक्षले औपचारिक वार्ता टोली बनाउने र आन्दोलनको माग पूरा गर्न सहमति खोज्ने समझदारी भएको उनले बताए।
आविष्कार र नवप्रवर्तनका लागि बजेटको १ प्रतिशत बजेट विनियोजन गर्नुपर्नेलगायत चार बुँदे माग राख्दै पुनले शुक्रबारदेखि माइतीघरमा धर्ना दिइरहेका छन्। विभिन्न राजनीतिक दलका नेता तथा सामाजिक अभियन्ताहरुले धर्नाामा सहभागी भएर उनको आन्दोलनमा ऐक्यबद्धता जनाइरहेका छन्।

-1784808429.png)