सुक्खा पहिरोले अरुण थुनिएपछि दुई किलोमिटर माथिसम्म ताल
निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको ‘ड्याम साइट’को टनेलमा पहिरो खसेपछि अरुण नदी थुनिएको प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए।
किमाथांका, वैशाख १७ : सङ्खुवासभाको मकालु गाउँपालिका ३ नयाँ बस्तीबाट सुक्खा पहिरो खसेपछि अरुण नदी थुनिएको छ। अरुण थुनिएपछि दुई किलोमिटर माथिसम्म ताल बनेको छ।
निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको ‘ड्याम साइट’को टनेलमा पहिरो खसेपछि अरुण नदी थुनिएको प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए।
अहिले आयोजनाको अस्थायी बाँधमा पानी भरिएको छ र टनेलबाट २५ प्रतिशत पानी मात्र बाहिर निस्किएको उनले बताए। त्यहाँ अरुण नदीको वहाब परिवर्तन गरी ४२९ मिटर लामो टनेल निर्माण गरिएको छ। अस्थायी बाँध बनाएर टनेल मार्फत नदी बगाइएको थियो ।
टनेल बन्द भएपछि करिब ७० फिट अग्लो बाँधमा पानी जम्मा भएको छ। बाँध तत्चकाल फुट्ने सम्भावना नभए पनि लामो समय पानी जम्मा भए खतरा हुने अनुमान छ। पहिरो खस्ने क्रम जारी रहेकाले नियमित मार्गबाट नदीको बहाव गराउन केही समय लाग्ने बताइएको छ।
नदीको बहाव नियमित मार्गबाट गराउन भने समय लाग्ने देखिएको छ ।

-1784808429.png)