Kathmandu Press

माइतीघर पुगेर लिङ्देनले भने- सरकारले महावीरलाई सडकमा आन्दोलन गर्न बाध्य बनायाे

आइतबार काठमाडौंको माइतीघर पुगेर पुनको आन्दोलनप्रति ऐकबद्धता जनाउँदै लिङ्देनले राज्यलाई अघि बढाउने काम गर्न खोज्दा सरकारले पुनलाई सडकमा आएर आन्दोलन गर्न बाध्य बनाएको भन्दै खेद व्यक्त गरेका हुन्।
माइतीघर पुगेर लिङ्देनले भने- सरकारले महावीरलाई सडकमा आन्दोलन गर्न बाध्य बनायाे

काठमाडाैं, वैशाख १७ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले महावीर पुनलाई सडकमा आएर आन्दोलन गर्न बाध्य बनाएको भन्दै सरकार प्रति खेद व्यक्त गरेका छन्।

आइतबार काठमाडौंको माइतीघर पुगेर पुनको आन्दोलनप्रति ऐकबद्धता जनाउँदै लिङ्देनले राज्यलाई अघि बढाउने काम गर्न खोज्दा सरकारले पुनलाई सडकमा आएर आन्दोलन गर्न बाध्य बनाएको भन्दै खेद व्यक्त गरेका हुन्। उनले पुनले अघि सारेका मागहरु तत्काल पूरा गर्न सरकारको ध्यानाकर्षण गराए। पुनको माग पुरा नभएसम्म राप्रपाको साथ रहने भन्दै प्रधानमन्त्रीले नै पुनको माग पुरा गर्ने वातावरण बनाउनुपर्ने जिकिर गरे।

उहाले अयोग्य लडाकु र औषधाेपचारका नाममा करौडौं खर्च गर्न सक्ने सरकारले आविष्कारका लागि सरकारले साथ र सहयोग गर्नुपर्ने बताए। लिङ्देनले पुनले अघि सारेका मागहरु व्यक्तिका मात्रै नभएर सिंगो देशका लागि भएको पनि बताए।

सो क्रममा पुनले अनुसन्धान, आविष्कार नवप्रवर्तनलाई सरकारले प्राथकितामा राख्नुपर्नेमा जाेड दिए। अनुसन्धानका लागि काम गर्न खोज्दा राज्यले नै सहयोग नगरेको उनले बताए। अनुसन्धानलाई उच्च प्राथमिकताका साथ प्रोत्साहन गर्न छुट्टै विभाग खोल्नुपर्नेलगायत चार बुँदे माग राखेर पुनले काठमाडौंको माइतिघरमा धर्नासहितको आन्दोलनको कार्यक्रम सुरु गरेका हुन्। 

प्रकाशित मिति: १४:०० बजे, आइतबार, वैशाख १७, २०८०