Kathmandu Press

सरकारले थाल्याे महावीर पुनसँग वार्ता

विभिन्न राजनीतिक दलका नेता तथा सामाजिक अभियन्ताहरुले धर्नाामा सहभागी भएर उनको आन्दोलनमा ऐक्यबद्धता जनाइरहेका छन्।
सरकारले थाल्याे महावीर पुनसँग वार्ता

काठमाडौं, वैशाख १७ : सरकारले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनसँग वार्ता थालेको छ।

अनुसन्धान, नवप्रवर्तन र आविष्कारसहित चारबुँदे माग राख्दै माइतीघरमा धर्ना बसेको तेस्रो दिन सरकारले उनीसँग वार्ता थालेको  हो। 

वार्ता सिंहदरबारस्थित रक्षा मन्त्रालयमा जारी रहेको कानुनमन्त्रीको समेत रहेका उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्ण खड्काको सचिवालयले जनाएको छ ।

सरकारले खोजअनुसन्धान र आविष्कारमा बेवास्ता गरेको भन्दै पुनले शुक्रबारदेखि माइतीघरमा धर्ना सुरु गरेका थिए।

विभिन्न राजनीतिक दलका नेता तथा सामाजिक अभियन्ताहरुले धर्नाामा सहभागी भएर उनको आन्दोलनमा ऐक्यबद्धता जनाइरहेका छन्।

प्रकाशित मिति: १३:२२ बजे, आइतबार, वैशाख १७, २०८०