महावीर पुनसँग अविलम्ब संवाद गर्न प्रधानमन्त्रीलाई महामन्त्री शर्माकाे आग्रह
महावीर पुनले सरकारसँग चारवटा माग राखेर आन्दोलन थालेको तेस्रो दिनमा आज (आइतबार) सामाजिक सञ्जालमार्फत महामन्त्री शर्माले त्यस्तो आग्रह गरेका हुन्।
काठमाडौं, वैशाख १७ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनसँग अविलम्ब संवाद गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह गरेका छन्।
महावीर पुनले सरकारसँग चारवटा माग राखेर आन्दोलन थालेको तेस्रो दिनमा आज (आइतबार) सामाजिक सञ्जालमार्फत महामन्त्री शर्माले त्यस्तो आग्रह गरेका हुन्।
‘आविस्कार केन्द्र स्थापना गरेर रास्ट्रका लागि महत्त्वपूर्ण योगदान गरिरहनुभएका व्यक्तित्वको कदर गर्दै सम्माननीय प्रधानमन्त्रीलाई उहाँका मागहरू सम्बोधन गर्न तत्काल आवश्यक पहलकदमीका लागि आग्रह गर्दछु,’ उनले ट्विटरमा लेखेका छन्।
शुक्रबारदेखि माइतीघरमा महावीर पुन उनका समर्थकसहित राति पनि माइतीघरमै बास बसेर आन्दोलन गरिरहेका छन्।
प्रकाशित मिति: १२:४५ बजे, आइतबार, वैशाख १७, २०८०
थप समाचार





