Kathmandu Press

रास्वपाको केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठक सोमबार बस्ने

सोमबार बिहान ११ बजे केन्द्रीय समिति र दिउँसो ३ बजे संसदीय दलको बैठक बोलाइएको पार्टी उपसभापति डोलप्रसाल अर्यालले जानकारी दिए।
रास्वपाको केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठक सोमबार बस्ने
फाइल तस्बिर ।

काठमाडौं, वैशाख १७ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठक सोमबार बस्ने भएको छ।

सोमबार बिहान ११ बजे केन्द्रीय समिति र दिउँसो ३ बजे संसदीय दलको बैठक बोलाइएको पार्टी उपसभापति डोलप्रसाल अर्यालले जानकारी दिए। केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठकबारे जुम मिटिङ गरी जानकारी दिइएको उनले बताए।

पार्टी उपसभापति डोलप्रसाद अर्यालले संसदीय दलको नेताबाट शनिबार राजीनामा दिएपछि रिक्त स्थान पूर्तिका लागि संसदीय दलको बैठक बस्न लागेको हो।

यस्तै, पछिल्लो राजनीतिक परिस्थितिबारे पार्टीको धारणा तय गर्न केन्द्रीय समितिको बैठक बोलाइएको रास्वपाले जनाएको छ।

 

प्रकाशित मिति: ११:५० बजे, आइतबार, वैशाख १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्