आज स्वदेश फर्कँदै राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेल बेलुकी साढे ८ बजेको नेपाल एयरलाइन्सको नियमित उडानमार्फत स्वदेश फर्कने छन्।
काठमाडौं, वैशाख १७ : स्वास्थ्य उपचारका लागि भारत गएका राष्ट्रपति रामचन्द्र पौडेल आज (आइतबार) स्वदेश फर्किने भएका छन्। राष्ट्रपति पौडेल बेलुकी साढे ८ बजेको नेपाल एयरलाइन्सको नियमित उडानमार्फत स्वदेश फर्कने छन्।
नयाँदिल्लीस्थित एम्स अस्पतालमा उपचार गराइरहेका पौडेललाई आजै अस्पतालले डिस्चार्ज गरेको छ। उनलाई चिकित्सकहरूले कम्तीमा ३ साता आइसोलेसनसहितको पूर्ण आरामको सुझाव दिएको बताइएको छ।
छातीमा पानी जम्ने समस्या देखिएपछि राष्ट्रपति पौडेल थप उपचारका लागि वैशाख ६ गते भारत गएका थिए ।
प्रकाशित मिति: ११:२४ बजे, आइतबार, वैशाख १७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1784808429.png)