रास्वपा सभापति लामिछाने र प्रधानमन्त्री दाहालबीच भेटवार्ता
भेटमा प्रधानमन्त्री प्रचण्डले उपनिर्वाचनबाट सांसद पदमा निर्वाचित भएकोमा प्रधानमन्त्री दाहालले लामिछानेलाई बधाइ दिएका थिए।
काठमाडौं, वैशाख १७ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेका छन् । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा लामिछानेले प्रधानमन्त्री दाहाललाई भेटेका हुन्।
भेटमा प्रधानमन्त्री प्रचण्डले उपनिर्वाचनबाट सांसद पदमा निर्वाचित भएकोमा प्रधानमन्त्री दाहालले लामिछानेलाई बधाइ दिएका थिए।
भेटमा रास्वपालाई सरकारमा सहभागी गराउन प्रधानमन्त्री प्रचण्डले पहल गरिरहेको बेला बस्न लागेको रास्वपाको केन्द्रीय समितिको बैठकको पूर्वसन्ध्यामा भएको यो भेटलाई अर्थपूर्ण मानिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक आइतबार नै बस्दैछ । केन्द्रीय समितिको बैठक ११ बजे र संसदीय दलको बैठक दिउँसो ३ बजे बोलाइएको छ । बैठकमा सरकारमा सहभागी हुने–नहुनेबारे पनि छलफल हुने बताइएको छ।
प्रकाशित मिति: १०:५० बजे, आइतबार, वैशाख १७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1784808429.png)