Kathmandu Press

उपचारपछि कांग्रेस नेता भण्डारी आज स्वदेश फर्कने

आफ्नै निवास बुद्धनगरमा ‘ग्यास लिक’ भएर आगालागी हुँदा गम्भीर घाइते भएका भण्डारी स्वास्थ्य उपचारपछि आइतबार स्वदेश फर्कन लागेका हुन्।
उपचारपछि कांग्रेस नेता भण्डारी आज स्वदेश फर्कने

काठमाडौं, वैशाख १७ : भारतमा उपचाररत नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य चन्द्र भण्डारी आज स्वदेश फर्कदै छन्।

गत फागुन ३ गते राति आफ्नै निवास बुद्धनगरमा ‘ग्यास लिक’ भएर आगालागी हुँदा गम्भीर घाइते भएका भण्डारी स्वास्थ्य उपचारपछि आइतबार स्वदेश फर्कन लागेका हुन्।

भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत भण्डारी आइतबार दिउँसो २ः५५ बजेको नेपाल वायुसेवा निगमको विमानमार्फत स्वदेश फर्कने बताइएको छ।

जलेर गम्भीर घाइते भएका भण्डारी अहिले उनी बोल्ने र हिँड्ने गर्न थालेका छन्। नेपाल फर्केसँगै भण्डारी घरमा बसेर फिजियोथेरापी गर्नुका साथै पोलेको घाउ ड्रेसिङ गर्न अस्पताल जानेछन्।

आगलागीमा परी सांसद भण्डारी र उनकी आमा हरिकला भण्डारी गम्भीर घाइते भएका थिए। आमा हरिकलाको भने उपचारका क्रममा कीर्तिपुर अस्पतालमा फागुन ४ गते निधन भएको थियो।

प्रकाशित मिति: ०८:३४ बजे, आइतबार, वैशाख १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्