Kathmandu Press

'पार्टीभित्रको समस्या समाधान जरुरी'

काठमाडौंमा भएको एक कार्यक्रममा महामन्त्री थापाले आफूहरूले कार्यकर्ताहरूलाई अन्त कतै भोट हाल्न नभनेको समेत उल्लेख गरे।
'पार्टीभित्रको समस्या समाधान जरुरी'
फाइल तस्बिर।

काठमाडौं, वैशाख १७ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसले पार्टीभित्रका समस्या खोजी गर्न जरुरी रहेको बताए।

उन्ले समस्या पहिचान गरी समाधानको बाटोतर्फ अगाडि बढ्न आवश्यक रहेको धारणा राखे। काठमाडौंमा भएको एक कार्यक्रममा महामन्त्री थापाले आफूहरूले कार्यकर्ताहरूलाई अन्त कतै भोट हाल्न नभनेको समेत उल्लेख गरे।

यदी कोही कसैले यसबारेमा गलत गरेको भए यसबारे गम्भीर रूपमा छलफल गर्न आवश्यक रहेको उनको भनाइ छ।

कार्यक्रममा काठमाडौं क्षेत्र ४ का सभापति श्यामकृष्ण संगतले गत निर्वाचनमा नेपाली कांग्रेसभित्रकै नेताहरूले नै प्रतिपक्षी नभएको ठाउँमा पनि आफ्नै पार्टीबाट प्रतिपक्ष खडा गरेर निर्वाचनमा असहयोग गरेको पाइएको बताए।

प्रकाशित मिति: ०७:२३ बजे, आइतबार, वैशाख १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्