कोरोनाबाट एकको मृत्यु
आज एक हजार दुई सय ३८ जनामा गरिएको परीक्षणमा ५१ जनामा कोरोना सङक्रमण पुष्टि भएको छ।
काठमाडाैं, वैशाख १६ : कोरोना सङ्क्रमित एकको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज उपचारका क्रममा एक जनाको मृत्यु भएको हो।
आज एक हजार दुई सय ३८ जनामा गरिएको परीक्षणमा ५१ जनामा कोरोना सङक्रमण पुष्टि भएको छ। उपचारपछि आज ३५ जना निको भएर घर फर्किएका छन्।
सक्रिय सङ्क्रमित तीन सय ६१ जना छन्। यस्तै संस्थागत आइसोलेसनमा २७, सघन उपचार कक्ष ९आइसीयू०मा आठ र भेन्टिलेटरमा एक जना उपचारत छन्।
प्रकाशित मिति: १८:४१ बजे, शनिबार, वैशाख १६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1784808429.png)