महावीर पुनले अघि सारेका माग पूरा गर्न रास्वपाद्वारा सरकारको ध्यानाकर्षण
शनिबार रास्वपाका सभापति सभापति रवि लामिछानेसहितका नेताहरु माइतिघर पुगेर पुनको आन्दोलनप्रति ऐकवद्धता जनाउदै माग पुरा गर्न सरकारको ध्यानाकर्षण गरेका हुन्।
काठमाडाैं, वैशाख १६ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले अघि सारेका माग पुरा गर्न सरकारको ध्यानाकर्षण गराएको छ।
शनिबार रास्वपाका सभापति सभापति रवि लामिछानेसहितका नेताहरु माइतिघर पुगेर पुनको आन्दोलनप्रति ऐकवद्धता जनाउदै माग पुरा गर्न सरकारको ध्यानाकर्षण गरेका हुन्।
रास्वपाका सभापति लामिछानेले महावीर पुनले अघि सारेका चारबुदे माग पुरा गर्नका लागि अविलम्व वार्ताको टेबुलमा बसि आन्दोलन अन्त्य गर्ने वातावरण तयार गर्न माग गरे।
उहाले अव सरकारले कार्यतालिका नै बनाएर सरकारले पुनले अघि सारेका मागहरु सम्बोधन गर्नुपर्ने धारणा राखे। लामिछानेले रास्वपाका २१ जना सांसदहरु नै पुनको माग पुरा गर्नका लागि साथमा रहेको बताए।
उहाले मुलुकको हितका लागि काम गर्ने व्यक्ति सडकमा आउनुपर्ने अवस्था आउन नदिन सरकार गम्भीर हुनुपर्ने उल्लेख गरे।











-1784808429.png)