रक्षामन्त्रीलाई निर्माण व्यवसायीको ज्ञापनपत्र
काठमाडौं, माघ १४ : उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले निर्माण व्यवसायीको रचनात्मक सहयोगबिना समृद्घ मुलुक बनाउन नसकिने बताएका छन्।
मंगल....

काठमाडौं, माघ १४ : उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले निर्माण व्यवसायीको रचनात्मक सहयोगबिना समृद्घ मुलुक बनाउन नसकिने बताएका छन्।
मंगलबार नेपाल निर्माण व्यवसायी महासंघका प्रतिनिधिसँगको भेटमा उनले व्यवसायीका समस्य समाधानका लागि पहल गर्ने बताए। मन्त्री पोखरेलले महासंघको २१औं साधारणसभाको भक्तपुर घोषणापत्र बुझ्दै व्यवसायीका मागका विषयमा मन्त्रिपरिषद्मा छलफल गरिने बताए।
महासंघका अध्यक्ष रवि सिंहको नेतृत्वको टोलीले निर्माण व्यवसायीका समस्याबारे जानकारी गराएका थिए।
व्यवसायीहरुले सार्वजनिक खरिद ऐन २०६३ को दफा १० (५) लाई संशोधन गरी दुई करोडको सट्टा पाँच करोडसम्मको निर्माण कार्य खरिदमा कुनै पनि योग्यता नराखी जुनसुकै निर्माण व्यवसायीले भाग लिन पाउनु पर्ने व्यवस्था गर्न रक्षामन्त्री पोखरेलसँग आग्रह गरेका थिए। उनीहरुले चार महिनायता व्यवसायीका २० करोडभन्दा बढीको उपकरणमा आगजनी भएको भन्दै सुरक्षाको माग गरेका थिए।
प्रतिनिधिमण्डलमा अध्यक्ष सिंहसँगै महासंघका मानार्थ सदस्य जीप छिरिङ लामा, सल्लाहकार जयराम लामिछाने, उपाध्यक्ष आङ दोर्र्जी लामा (एडी), महासचिव रोशन दाहाल, उपमहासचिव टंकप्रसाद चौलागाई (नीतिगत), केन्द्रीय सदस्य उज्वल गौतम महासंघका कार्यालय प्रमुख प्रेमसिंह ऐर, जनसम्पर्क अधिकृत रामचन्द्र गिरीलगायत सहभागिता थिए।










-1754206481.jpg)
