Kathmandu Press

काठमाडौंसहित देशका अधिकांश स्थानमा वर्षा

महाशाखाका मौसमविद् गोविन्दकुमार झाका अनुसार काठमाडौँमा विगत दुई घण्टादेखि मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।
काठमाडौंसहित देशका अधिकांश स्थानमा वर्षा

काठमाडाैं, वैशाख १६ : स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावले राजधानी काठमाडौँ उपत्यकासहित देशका आधिकांश स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका मौसमविद् गोविन्दकुमार झाका अनुसार काठमाडौँमा विगत दुई घण्टादेखि मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।

अहिले कोशी, बागमती, गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भेगमा हल्का वर्षा भइरहेको छ।

पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले आज र भोलि बदलीसँगै वर्षा गराउने उनले बताए।

रातिको समयमा पनि  देशका पहाडी क्षेत्रमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

प्रकाशित मिति: १७:३१ बजे, शनिबार, वैशाख १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्