Kathmandu Press

राष्ट्रिय युवा संघद्वारा प्रधानमन्त्रीको पुत्ला दहन

युवा संघले शनिबार काठमाडौंको नयाँ बानेश्वरमा विरोध प्रदर्शन गर्दै प्रधानमन्त्रीको पुत्ला दहन गरेको हो।
राष्ट्रिय युवा संघद्वारा प्रधानमन्त्रीको पुत्ला दहन

काठमाडाैं, वैशाख १६ : मुलुकमा शान्ति सुरक्षा कायम गर्न नसकेको र अयोग्य लडाकुलाई अनावश्यक रकम दिन लागिएको भन्दै एमाले निकट राष्ट्रिय युवा संघ नेपालले प्रधानमन्त्रीको पुत्ला दहन गरेको छ।

युवा संघले शनिबार काठमाडौंको नयाँ बानेश्वरमा विरोध प्रदर्शन गर्दै प्रधानमन्त्रीको पुत्ला दहन गरेको हो। उनीहरुले पूर्वप्रधानमन्त्रीको सुरक्षा गर्न नसक्नेले जनताको सुरक्षा गर्न नसक्ने भन्दै सरकार विरुद्ध नारावाजी गरेका थिए।

त्यस्तै उनीहरुले वर्तमान सरकारले नीतिगत भ्रष्टचार सुरु गरेको आरोप लगाएका छन्। प्रदर्शनमा सहभागीहरुले शान्ति सुरषा कायम गर, भ्रष्टाचार अन्त्य गर लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए।

प्रदर्शन गर्दै उनीहरुले बानेश्वरको निषेधित क्षेत्रबाट अघि बढ्न खोजेपछि प्रहरीले रोकेका थिए। 

प्रकाशित मिति: १७:०२ बजे, शनिबार, वैशाख १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्