Kathmandu Press

सांस्कृतिक विविधताका कारण विश्वमा नेपालको विशिष्ट पहिचान : कार्यवाहक राष्ट्रपति

२५६७औं बुद्ध जयन्तीको अवसरमा शनिबार ललितपुरमा आयोजित भिन्छेबाहाः बौद्ध महोत्सवको उद्घाटन गदैं नेपालको विशिष्ट पहिचान जनाउन क्षेत्रलाई संरक्षण गर्नुपर्ने समेत बताए।
सांस्कृतिक विविधताका कारण विश्वमा नेपालको विशिष्ट पहिचान : कार्यवाहक राष्ट्रपति

काठमाडाैं, वैशाख १६ : कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवले नेपालको भूबनावट, भेषभुषा र सांस्कृतिक विविधताका कारण विश्वमा नेपालको विशिष्ट पहिचान रहेको बताएका छन्।

२५६७औं बुद्ध जयन्तीको अवसरमा शनिबार ललितपुरमा आयोजित भिन्छेबाहाः बौद्ध महोत्सवको उद्घाटन गदैं नेपालको विशिष्ट पहिचान जनाउन क्षेत्रलाई संरक्षण गर्नुपर्ने समेत बताए।

उनले विश्वको शिखर सगरमाथा र विश्वमै शान्तिको प्रतिकको रुपमा रहेको गौतम बुद्धले नेपालको शिर उच्च बनाएको धारणा राखे। यादवले अहिले पनि गौतम बुद्धको वाणीहरु सान्दर्भिक रहेकाले यसलाई सबैले अनुसरण गर्नुपर्ने बताए।

समाजलाई योग्य चेतनाबोधको बाटो देखाउने र विश्वलाई हिंसाको बाटो छोडी अहिंसा, मित्रता, विश्वबन्धुको मार्ग प्राप्त गर्नका लागि बुद्धको वाणीहरु महत्वपूर्ण रहेको उहाले बताए। 

कार्यक्रममा कार्यवाहक राष्ट्रपति यादवले बौद्ध कला प्रदर्शनको उद्घाटन गर्दै प्रदर्शनी सम्बन्धी पुस्तक विमोचन गरेका थिए । 

प्रकाशित मिति: १६:४५ बजे, शनिबार, वैशाख १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्