भ्रष्टाचार अनुसन्धानमा पाँच वर्षे हदम्याद स्वीकार्य हुन्न : महामन्त्री शर्मा
नेपाल विद्यालय कर्मचारी परिषद्ले शनिबार ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा उनले त्यस्ताे बताएका हुन्।
काठमाडाैं, वैशाख १६ : कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचार अनुसन्धानमा पाँच वर्षे हदम्याद स्वीकार्य नहुने बताएका छन्।
नेपाल विद्यालय कर्मचारी परिषद्ले शनिबार ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा उनले त्यस्ताे बताएका हुन्। सरकारले संसदमा पेस गरेको भ्रष्टाचार निवारण ऐन संशोधन विधेयकमा पाँच वर्षे हदम्याद प्रस्ताव गरिएको छ।
उनले भ्रष्टाचारीलाई कडाभन्दा कडा ढंगले कानुनी र आर्थिक कारबाही गर्न पनि सरकारलाई सचेत गराए। ‘भ्रष्टाचार गरेको मान्छेलाई कडिकडाउसँग भ्रष्टाचार गरेको मान्छेलाई कठघरामा ल्याएर उसलाई कानुनी कारबाहीदेखि आर्थिक कारबाहीसम्म राज्यले गर्नुपर्छ,’ उनले भने।
शर्माले भौतिक पूर्वाधारको विकासमा भन्दा पनि मानव संशाधनको विकासमा जोड दिन सरकारलाई सुझाए।उनले मुलुकको शैक्षिक क्षेत्रको विकासका लागि सरकारले लगानी बढाउनुपर्ने आवश्यक्तासमेत औंल्याए ।











-1784808429.png)