अयोग्य लडाकुलाई रकम दिने विषयमा अनावश्यक हल्ला चलाइयाे : सुदन किराती
शनिबार काठमाडौंमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको १४औं प्राज्ञसभा उद्घाटन गर्दै मन्त्री किरातीले अयोग्य लडाकुलाई रकम दिने निर्णय विष्णु पौडेल अर्थमन्त्री हुँदा भएको भएको भन्दै अहिले यस विषयमा अनावश्यक हल्ला चलाइएको आरोप लगाएका हुन्।
काठमाडाैं, वैशाख १६ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सशस्त्र द्वन्द्वका अयोग्य लडाकुलाई रकम दिने विषयमा अनावश्यक हल्ला चलाइएको आरोप लगाएका छन्।
शनिबार काठमाडौंमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको १४औं प्राज्ञसभा उद्घाटन गर्दै मन्त्री किरातीले अयोग्य लडाकुलाई रकम दिने निर्णय विष्णु पौडेल अर्थमन्त्री हुँदा भएको भएको भन्दै अहिले यस विषयमा अनावश्यक हल्ला चलाइएको आरोप लगाएका हुन्।
उनले अयोग्य लडाकुले मुद्धा लडेर जितेर आएको कुरा भएको र अदालतले गरेको फैसलालाई सरकारले अघि बढाएको जिकिर गरे।
उनले केहि दिन अघि फ्लाई दुवईको जहाजका बिषयमा पनि अनावश्यक हल्ला फैलाइएको उल्लेख गर्नुभयो। मन्त्री किरातीले बुद्ध जयन्तीमा बुद्ध सर्किट राष्ट्रका लागि निःशुल्क मन्त्रिपरिषद्मा प्रस्ताव लगेको र केहि मन्त्रीहरुले नमानेका कारण आफ्नो प्रस्तावको मृत्यु भएको बताए।
उनले मुलुकको पर्यटनलाई अघि बढाउनका लागि सवै सरोकारवालाबीच हातेमालो गर्दै अघि बढ्नुपर्ने पनि बताए।

-1784808429.png)