महावीर पुनका मागप्रति राप्रपाकाे समर्थन
शनिबार काठमाडौंको माइतीघरमा राप्रपाका नेताहरु पुगेर पुनले अघि सारेका मागहरु प्रति समर्थन जनाएका हुन्।
काठमाडाैं, वैशाख १६ : राप्रपाले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले अघि सारेका मागप्रति समर्थन जनाएको छ।
शनिबार काठमाडौंको माइतीघरमा राप्रपाका नेताहरु पुगेर पुनले अघि सारेका मागहरु प्रति समर्थन जनाएका हुन्।
सो क्रममा राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले राज्यको विवेक जगाउन पुनले सुरु गरेको धर्नाको निकै महत्वपूर्ण रहेको बताए।
राज्य कमजोर भएपछि नागरिक नै अघि सर्नुपर्ने देखिएकाले पुनको दवाव कार्यक्रम अन्त्य सान्दर्भिक रहेको उहाले बताउनुभयो। उहाले पुनले अघि सारेका मागहरुलाई तत्काल पूरा गर्न पनि सरकारको ध्यानाकर्षण गराए।
त्यस्तै महावीर पुनले पुराना सबै कुरा बिर्सेर नयाँ कामको सुरुवात गर्नका लागि आफुले चार बुँदे माग अघि सारेको बताए।
बिभिन्न माग राख्दै राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक पुनले अनुसन्धान, नवप्रवर्तन र आविष्कारको लािग सामाजिक जनआन्दोलन र धर्ना सुरु गरेका थिए।
उनले अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि संघीय र प्रदेश सरकारले आफ्नो विकास बजेटको १ प्रतिशत रकम छुट्याउनु पर्नेलगायत माग अघि सार्नुभएको छ।











-1784808429.png)